यस संस्थाको आयोजनामा आ.ब २०७१।०७२ को अर्ध बार्षिक समिक्षा गोष्ठी मिति २०७१।१०।१५ र १६ गते सिन्धुपाल्चोकको मुडेमा यस संस्थाको संचालक समिति, लेखा समिति , सल्लाहाकार समिति , उप समितिहरु र कर्मचारीहरुको सहभागीतमा सम्पन्न गरियो । उक्त कार्यक्रममा आ.ब २०७१।०७२ को अर्ध बार्षिक प्रगती समिक्षा र लक्ष्य हासिल गर्न बाकि बिषयमा  योजना तर्जुमा गरी सम्पन्न गरियो । साथै सिन्धुपाल्चोकको मुडे स्थित सयौ थुङ्गा बचत तथा ऋण सहकारी संस्था लि.को अवलोकन पनि गरिएको थियो ।